बाढीपीडितलाई एभरेस्टको १ लाख ३१ हजार सहयोग

311

भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुर परिवार, शिक्षक, विद्यार्थी तथा कर्मचारीले तराईका बाढीपहिरोका कारण घरवारवीहिन भएकाहरुका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरि सोही विद्यालयमा सञ्चालित एभरेस्ट स्काउट इकाईबाट पनि थप ३० हजार गरि १ लाख ३१ हजार १११ रुपैया प्रधनमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइएको छ ।


एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, भाइसप्रिन्सिपल,एभरेस्ट स्काउट इकाईकी अध्यक्ष कमलादेवी अमात्य राजभण्डारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सो रकम जिल्ला दैवीप्रकोप उद्धार कोषका अध्यक्ष एवम् भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेललाई सोमबार हस्तान्तरण गर्नुभयो ।

विद्यालयले केही दिन अघि फिड नेपालमार्फत १० हजार तथा लायन्स क्लव ललिपुरमार्फत वाढीपीडितका लागि भनी ७ हजार रुपैया सहयोग गरेको विदालयले जनाएको छ ।