भक्तपुर । भक्तपुरमा राष्ट्रय प्रजातन्त्र पार्टीको भात्री संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गठन भएको छ । भक्तपुरको निकोसेरा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा हरित मणि न्यौपानेको संयोजकत्वमा ११ सदसिय भक्तपुर जिल्ला तदर्थ समिति गठन भएको हो ।
कार्यक्रममा राप्रपाका प्रवक्ता तथा संयोजित संगठन विभागका प्रमुख शुशील श्रेष्ठले अवका दिनमा युवाले नै देशको जिम्मेवारी लिने दिन आएको बताउनुभयो । युवालाई देशको कर्णधार भन्ने अनी खाडीमा धकेल्ने वा उद्यम गर्छु नै भने पनि विभिन्न वहानामा कर असुल्ने सरकारले युवा प्रत्साहनको सट्टा निरुत्साहित गर्ने क्रम बढेको बताउँदै अव पनि युवा एक जुट हुन् नसके देशमा युवाको संख्यामा खडेरी लाग्ने उहाँको भनाई थियो ।

पार्टीले लिएको विचार धोषणापत्रको आधारमा पाटीले आगामी फागुन ७ गते देखि गर्न लागेको देश ब्यापी आन्दोलनमा सवैलाई साथ र सहयोगको माग गर्दै उहाँले अव पनि हामी चुप लागे हाम्रो पहिचान नै नस्ट हुने बताउनुभयो ।
कार्यक्रममा युवक संगठनका केन्द्रिय अध्यक्ष प्रकास रिमाल , उपाध्यक्ष दामोदर वाग्ले , महासचिव दोय विनोद भारती र जगदिस राज भण्डारी , महिला नेत्री यवती कार्की , युवा नेता माधव खत्री, प्रविण ढुंगेल लगाएतका वक्ताले युवाहरुलाई चुस्त दुरुस्त राख्न एवं स्वरोजगारको बाटोमा लैजान एक हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले हाल सरकारले विभिन्न वहानामा लगाएको करको विरोध गर्दै कर लगाएर गरिव जनता सोस्ने काम भएको बताए । सरकारले भुकम्प पिडित जनतालाई राहत दिनु अनी उनीहरुको जीवन स्तर उकास्न कार्य गर्नुको सट्टा निर्माण सामग्री, पशुजन्य वस्तु, कृषि उपजमा कर लगाउँदै गरिवलाई झन गरिव बनाउने कार्यमा लागेको उनीहरुको आरोप रहेको थियो ।

यस्तै कार्यक्तममा अनुप थापामगरको संयोजकत्वमा ११ सदसिय सूर्यविनायक नगरपालिका युवा संगठन गरिएको थियो ।
यस्तै कार्यक्रममा युवाहरु एक जुट हौं भन्दै ५१ जना युवा पार्टीमा प्रबेस गरेका थिए ।







































