मध्यपुर थिमीका मेयरमाथि आक्रमण

300

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि अज्ञात समूहले आक्रमण गरेको छ । साँझ करिब ६ बजे आफ्नो निवास फर्कदै गर्दा दुइ जनाको समुहमा आएका अज्ञात व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रड प्रहार गरि आक्रमण गरेको थिमी वृत्तले जनाएको छ ।
आक्रमणपछि घाइते भएका मेयर श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुक्न भ्याएका कारण उनी बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीले श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड गरेर पूर्र्णरुपमा क्षति पु¥याएका छन् ।
आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।