माेरङकाे सुन्दरहरैचामा भेटिइन नेपालकै सबैभन्दा हाेचि युवती

333

इटहरी । प्रदेश नं एक अन्तरगत माेरङकाे सुन्दरहरैचा नगरपालीका ४ मा नेपालकै सबैभन्दा हाेची युवती फेला परेकि छिन । उनकाे उचार्इ ३२ ” ( २ फिट ८ ” ) मात्र रहेकाे छ । पारिवारिक अवस्था निकै नै दयनिय रहेकि २० बर्षीय मालती मिरर (ऋषिदेव)  नाम गरेकी युवती बिश्वकै हाेचि रहेकाे अनुमान लगाइएकाे छ ।

पारिवारिक अवस्था ज्यादै कमजाेर रहेकाे उनकाे अन्य  सदस्यहरू स्थानीय खाेलामा गिटि कुटेर जिविकाे पार्जन गर्दै अाएका छन । शुन्दर हरैचा नगरपालिका ४ बडहरा खागटोल स्थित डम्फिन साइडमा एक दयनिय अवस्थाकाे झुप्राे घरमा बसाेबास गर्दै अाएकि उनकाे उचार्इ स्थानीय बिज्ञहरूले मापन गर्दा २ फिट ८ इञ्च यानीकी ३२ इञ्च मात्र रहेकाे बताइएकाे छ ।

यस भन्दा अघी बिश्वकै हाेचा ब्याक्तीकाे रूपमा गिनिज बुक अफ वर्ल्डमा नाम दर्ता भएका स्वर्गीय चन्द्रबहादुर डाँगीकाे उचाई १ फिट साढे नौं इन्च अर्थात ५४. ६ सेन्टिमिटर रहेकाे थियो ।त्यसैगरी नेपालकै हाेचा कलाकारकाे रूपमा नाम पाएका स्वर्गीय दिपेन साहकाे उचार्इ  ३१ इन्च मात्र रहेको थियो । सानै उमेरदेखि हिडडुल गर्न नसकेकै कारण शिक्षाबाट बञ्चित २० बर्षीय मालति अहिले घरमै यता उतिकाे काम गर्दै दिनचर्या बिताउछिन । नागरिकता बनाउन जादा उमेर १८ पुगिसकेपनि प्शासन कार्यालय माेरङका कर्मचारीहरूले सानै देखेर नागरिकता दिनै नमानेकाे मालतीका बाबु रमेश मरर (ऋषिदेव)ले बताए ।

अन्तत लामाे संघर्ष पछि नागरिकता पाएकाे तर जन्मसिद्धको आधारमा नदिएको समेत उनले दुखेसो पोखे।अहिले पनि मालतीकाे अवस्था दयनिय नै रहेकाे छ । बिहान बेलुकाकाे छाक टार्न उनका परिवारलार्इ धाै धाै पर्ने गर्छ । उक्त वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले अाफ्नै गाउमा रहेका ति युवतिकाे बारेमा अाफुलार्इ पुरै जानकारी नभएपनि उनकाे उचार्इ मापन गरेपछि मात्र थहा भएकाे बताए । उनले अब उनि नेपालकै या बिश्वकै हाेचि हुन सक्ने बिधी अपनाएर कार्यक्रम अघि बढार्इने बताए ।पूवैर्ली न्युज