भक्तपुर । दुर्वै मृर्गौला फेल भएका अनिशा लोप्चनलाई काभ्रै सेवा समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डायलोसिस गर्दै आएकी लोप्चनलाई काभ्रे सेवा समाज मलेसियाले आर्थिक सहयोग प्रदान गरेको हो ।
काभ्रे जिल्लास्थित खानीखोला गाउँपालिका वडा नं. ४ जगथलीकी लोप्चनलाई काभ्रे सेवा समाज मलेसियाले २ लाख १४ हजार २ सय ५० रुपियाँ उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।
सोमबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी काभ्रे सेवा समाज मलेसियाले १ लाख ४५ हजार, लेबनानबाट देविका वाईबा र एनआरएन उपाध्यक्ष छविलाल लामिछानेबाट ५९ हजार १ सय ५८, दुबईस्थित कान्छीमाया तामाङबाट ३ हाजार १०, दुबईस्थित डोल्मो गोलेबाट ५ हजार, ओमनस्थित रिता ग्लान दोङबाट प्राप्त २ हजार गरी कुल रकम २ लाख १४ हजार २ सय ५० रुपियाँ पीडित लोप्चनको परिवारलाई हन्तान्तरण गरिएको हो ।
पीडित अनिशा लोप्चनकै हातमा नायक तथा समाजसेवी विकु थोकर, काभ्रे सेवा समाज मलेसियाका संरक्षक शंकरप्रसाद आचार्य लगायतले उक्त रकम लोप्चनलाई हस्तान्तरण गर्नुभएको थियो ।
उहाँहरुले पीडितले कहिले पनि अकालमा ज्यान गुमाउनु नपरोस भनी आफूहरुले सानो सहयोग मात्र गर्न सकेको बताउँदै अरु सहयोगी मनहरुलाई पनि सहयोगको लागि आग्रह गर्नु भएको थियो ।
लोप्चनको पारिवारीक अवस्था कमजोर भएका कारण उनलाई कलिलो उमेरमा नै मृत्युको मुखमा पञ्याउनु भन्दा सानो सहयोगले उनले पनि आफ्नो जीउन पाउने अधिकार प्रप्त गर्ने भएका कारण सहयोगको याचना कलाकार एवं नायक विकु थोकरले गर्नुभयो ।







































