मौलिक नाचका विजयीलाई पुरस्कार

336

 

काठमाडौं । वालश्रमिक विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा प्रतिविम्व कलाकेन्द्र नेपालटारको १५ औं वार्षिकोत्सवको अवसरमा सो केन्द्र तथा वालवाटिका इन्टरनेशनल स्कुल बालाजुको संयुक्त आयोजनामा उन्तरविद्यालय मौलिक नाच प्रतियेगिता सम्पन्न भयो ।
उपत्यकाका २ दर्जन विद्यालयले भाग लिएको सो प्रतियेगितामा किड्स लर्निंग स्कुलले प्रस्तुत गरेको घाटु नाच पहिलो, लालीगुराँस स्कुलको नेवारी नाच दोस्रो र न्यू सेरेस स्कुलको हुट्केली नाचले तेस्रो पुरस्कार पाए ।
विजयी विद्यालय तथा विद्यार्थीलाई राष्ट्रगानका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माइला), प्रतिविम्व कला केन्द्रका निर्देशक केसांग लामा, नृत्य निर्देशक रोमा लामा लगायतले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।
केन्द्रले हरेक वर्ष नेपालका मौलिक नृत्य र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले त्यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको निर्देशक केसांग लामाले बताए ।
पत्रकार एवम् गितकार बलराम प्यासीद्धारा रचित तथा २०७२ सालको राष्ट्रिय वालदिवसमा गायनतर्फ पहिलो भएको वालगीत बाबा मलाई खेलौना होइन राम्रो शिक्षा दिनुस, ममी मलाई पैसा हैन असल संस्कार दिनुस…..वालगायिका समृद्धि परियारले सो कार्यक्रममा प्रत्यक्ष गाएर अभिभावकलाई सुनाएकी थिइन ।