राजधानीवासीले एक वर्षमा खाए २ लाख २२ हजार राँगा,भैंसी

1415

झण्डै १० अर्व ७० करोड रुपैयाँको मासु

काठमाडौं । गएको आर्थिक वर्षमा काठमाडौं उपत्यकामा २ लाख २२ हजार २ सयवटा राँगा भैंसीको मासु खपत भएको छ । साविकको पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनाले दिएको प्रारम्भिक तथ्यांक अनुसार, गत वर्षको साउनदेखि असारसम्मको १२ महिनाको अबधिमा थानकोट, फर्पिङ, भक्तपुर र बालाजु नाकाबट १ लाख ८१ हजार ५ सय ४० वटा राँगा र ४० हजार ६ सय ६० वटा भैंसी मासुका लागि उपत्यकामा भित्रिएको हो ।

यो अबधिमा, ९ हजार ७७ ट्रक राँगा र २ हजार ३३ ट्रक भैंसी उपात्यका भित्रिएको हो । निर्देशनालयकी सूचना अधिकृत  गौरी थापाका अनुसार एउटा ट्रकमा सरदर १८ देखि २० वटासम्म राँगा भैंसी ल्याउने गरिन्छ।

 सूचना अधिकृत गौरी थापा । ‘
एउटा राँगो भैंसीको तौल २ सयदेखि ३ सय किलोसम्म हुन्छ । निर्देशनायले एउटा राँगो वा भैंसीको तौल सरदरमा २ सय ५० किलोको दरले हिसाव निकाल्ने गर्छ । यो हिसाबले उपत्यकाबासीले २ लाख २२ हजार २ सय राँगा भैंसीको ५ करोड ५५ लाख ५० हजार किलो मासु सिध्याएका छन् । राँगाभैंसीको छाला, आन्द्रा भुँडी र हड्डी कटाएर ५० देखि ५५ प्रतिशत खुद मासुको हिसाब निकाल्ने गरिन्छ ।

मासु मात्रैको हिसाब गर्दा पनि,  ३ करोड ५ लाख किलोभन्दा बढी मासु उपत्यकामा खपत भएको छ । उपत्यकामा राँगा भैंसीको मासु किलोको ३ सय ५० रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको छ । यो हिसाबले, १० अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको राँगा भैंसीको मासु उपत्यकामा बिक्री हुने गरेको छ । तर मासु पसलेले आन्द्रा भूँडी र हाड समेत सोलोडोलोमा मिलाएर बेच्ने गर्दा, यो रकम अझै बढी हुन्छ।

निर्देशनालयको विवरण अनुसार राँगा भदौ महिनामा सबभन्दा बढी र कात्तिकमा सबैभन्दा कम उपत्यका भित्रिने गरेको छ । भैंसी भने कात्तिकमा सबैभन्दा बढी र चैतमा सबैभन्दा कम भित्रिने गरेको पाइन्छ । तर यी राँगाभैंसी खानका लागि गुणस्तरको हिसाबले कति स्तरीय छन् भन्नेबारे अध्ययन हुन सकेको छैन ।
मासुका लागि आव २०७४/०७५ मा उपत्यका भित्र्याइएका राँगाभैंसीको विवरण

hamrakura