वास्तु शास्त्र अनुसार कुन दिशातर्फ फर्केर खाना बनाउदा राम्रो ? कुन नराम्रो ? थाहा पाउनुहोस !
वास्तु शास्त्र अनुसार घरमा सबैभन्दा महत्वपूर्ण भाग भान्सा कोठालाई मानिन्छ । घरमा कयौँ रोग र चिन्ताको कारण भान्सामा भएको वास्तुदोष हुनसक्छ । वास्तुशास्त्र अनुसार यदि तपाइर्ले गलत दिशातर्फ फर्केर खाना बनाउनुभयो भने तपाईको परिवारमा सुख तथा समृद्दि रहनेछैन ।
त्यसोभए कुन दिशातर्फ फर्केर खाना बनाउने त ? तल पढ्नुहोस्ः
१.उत्तर पश्चिम दिशातर्फ फर्केर खाना पकाउनाले घरको सुख शांति भंग हुन्छ र यसले घरमा झैझगडा र कलहको सम्भावनालाई बढाउँछ ।
२.वास्तुशास्त्रमा भनिएको छ कि यदि उत्तर दिशातर्फ फर्केर खाना बनाउनाले व्यापारमा लगातार नोक्सान हुन्छ र सार्थ सम्पत्तिको पनि हानि हुन्छ ।
३. दक्षिण दिशातर्फ फर्केर खाना पकाउनाले घरका महिलाहरु चिन्तित रहन्छन् र उनीहरुलाई पटक पटक डाक्टरकहाँ जानुपर्ने स्थिति बन्छ ।
४. जुन घरको किचेनमा व्यक्ति पश्चिम दिशातर्फ फर्केर खाना बनाउँछ त्यस घरको मानिस रोगबाट ग्रसित हुन्छन् ।
५.घरमा सुख र शान्ति बनाइ राख्नको लागि र रोगबाट बचाउनको लागि पूर्व दिशातर्फ फर्केर खाना बनाउनु सबैभन्दा उत्तम मानिन्छ







































