रामेछाप । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल मन्थली नगरपालिका अध्यक्षमा जगदीश सुवेदी निर्विरोध चयन हुनु भएका छन् ।
मन्थली उच्च माध्यमिक विद्यालय मन्थलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश सुवेदीको अध्यक्षतामा शनिबार १५ सदस्यीय समिति गठन भएकोछ ।
समितिमा उपाध्यक्ष ,सचिव, कोषाध्यक्ष क्रमश मोहन बहादुर थापा,ओम बाबू पुरी, उर्मिला माझी रहेकाछन् ।
मन्थली नगरपालीका भित्र रहेका सम्पुर्ण विद्यालयको भौतिक अवस्थाको अनुगमन गरि समयानुकूल शैक्षिक सुधारका लागि सुझाव दिने तथा प्रतिबेदन तयार गर्ने उद्देश्यले महासंघ गठन गरिएको सचिव ओमबाबु पुरीले जानकारी दिएका छन् ।







































