काठमाडौं । मध्यबानेश्वरस्थित विद्या संस्कार स्कुल (चेल्सी) अन्तर्गतको विद्यासंस्कार स्काउट टु्रपमा आवद्ध १० औं समूहका १४४ जना स्काउटलाई स्काउट दिक्षा दिइएको छ । ती १४४ विद्यार्थी ६ कक्षाका मात्रै विद्यार्थी हुन ।
चारुमति मित्र ओपन क्र्युका अध्यक्ष एवम नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य दिपेश केसी तथा रेञ्जर लिडर सविना श्रेष्ठद्वारा ११ वर्षदेखि प्रशिक्षण दिँदै आएको विद्या संस्कार स्काउट ट्रुपमा हालसम्म ३ हजार भन्दा बढी स्काउटले दिक्षा पाइसकेका छन् ।
विद्यार्थीलाई थप अनुशासित बनाई, चरित्रवान, नैतिकवान, स्वावलम्वी र आत्मनिर्भर बनाउने स्काउट शिक्षा विद्या संस्कार स्कूलका ६, ७ र ८ कक्षाका विद्यार्थीका लागि अनिवार्य गरिएको छ । जसका कारण विद्या संस्कार स्कुलका विद्यार्थीहरु ‘फरक’ भएको बताइन्छ ।
‘एकपटकको स्काउट, सँधैको स्काउट’ भन्ने भनाई रहेको स्काउट सिद्धान्त अनुसार एकपटक स्काउटको दिक्षा लिइसकेको व्यक्तिले कहिल्यैपनि खराव आचरण नगर्ने, अरुको कूभलो नगर्ने बरु सहयोगी भावना र इमान्दारिताले अरुको सहयोग र भलो गर्ने विश्वास गरिन्छ ।
बिहीबार आयोजित १० औं स्काउट दिक्षान्त समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकका साथै वरिस्ठ स्काउट गुरुआमा रामवदन जोशी, स्काउट गुरुहरु हरिमोहन ज्योति, खडग बहादुर नेपाली, हरिबहादुर श्रेष्ठ, योगराज शिलाकार, विद्या संस्कार स्कूलका प्रशासन तथा शैक्षिक प्रमुख प्रणय मोक्तान, निर्देशक सुरेश अधिकारीले नव प्रशिक्षित स्काउटलाई स्कार्फ तथा ब्यायज प्रदान गरि दिक्षा दिनुभएको थियो ।
यसैगरि नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्यहरु गौतम अधिकारी, देवदूत अधिकारी, पुण्यराम गोथे, स्काउट गुरु एवम् पत्रकार बलराम प्यासी तथा स्काउटर बाबुकाजी डंगोलले पनि ती स्काउटलाई दिक्षा दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ स्काउट गुरुआमा रामवदन जोशीले स्काउट अनुशासित, नैतिकवान र चत्रिरवान हुने उल्लेख गर्दै नवदिक्षित स्काउटले आफ्नो पोशाकको कदर गर्दै सँधै स्काउटका सिद्धान्त पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्तममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले स्काउटले राजनैतिक नेता नभएर सामाजिक नेता र नैतिकवान नागरिक उत्पादन गर्ने प्रष्ट पार्नुभयो ।
त्यस अवसरमा विद्या संस्कार स्कुलका प्रशासन तथा शैक्षिक प्रमुख प्रणय मोक्तान तथा निर्देशक सुरेश अधिकारीले पनि स्काउट शिक्षाको बारेमा बोल्नुभएको थियो ।
त्यस अवसरमा चेल्सी इन्टरनेशनल एकेडेमी प्रालिका संस्थापक अध्यक्ष एवम् विद्यासंस्कार स्कुलका संस्थापक प्रिन्सिपल एवम् निर्देशक सुधिरकुमार झाले वरिष्ठ स्काउट गुरुआमा रामवदन जोशी, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकलाई सम्मान गर्नुका साथै उपस्थित स्काउट गुरु तथा अतिथिहरुलाई उपहार दिएर सम्मान गर्नुभएको थियो ।







































