भक्तपुर । पहिला भनिन्थ्यो शिक्षा नपाए काँसी जानु न्याय नपाए गोरर्खा जानु तर हाल यो उखान परिर्वतन भएको छ । शिक्षा नपाए पनि भक्तपुर जानु रगत नपाए पनि भक्तपुर जानु । यो उखानका चरितार्थ पात्र हुन् भक्तपुरमा भएको शिक्षाको विकास र नेपाल रेडक्रस सोसाईटी भक्तपुरमा रगतका लागि सक्रिय योद्दा दिपेस श्रेष्ठ ।
युवा उमेरका योद्दा जो अरुको ज्यान बचाउने विभिन्न स्थानमा गएर रगत संकलनको कार्यमा ब्यस्त दिपेश श्रेष्ठ एक युवा समाजसेवी हुन् । उनले निस्वार्थ भावनाले अनगिन्ती समाजका लागि योगदान दिईरहेका छन् । उनी र उनको समुहले विभिन्न समयमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेर धेरैलाई जीवनदान दिईसकेका छन्।
बालकोटका स्थाई बासिन्दा दिपेश श्रेष्ठ नेपाल रेडक्रस सोइसाइटी बालकोटको उपशाखाका सदस्य हुनुको साथै रक्तदान केन्द्रका हिरो नै हुन् ।
विभिन्न कार्यक्रमम मार्फत रगत उपलब्ध गराउनु मात्र नभएर उनले आवश्यक परेकालाई फ्रेस डोनरलाई खोजेर रक्तदान गराउने, ब्लड बैंकमा सोधपुछ गर्ने त्यस्तै आफ्नो शुभचिन्तक देखि टोलका युवाहरुलाई समेत रगतको सहयोग गराउन लगाई रगत जुटाउने मा नै उनको दिन चरिया वित्ने गरेको छ ।
स्कुले जीवन देखि नै समाजसेवाको भावना भएका दिपेश त्यस ताका नै नेपाल रेडक्रस सोसाईटी जुनियर सर्कल हुँदै नेपाल रेडक्रस सोइसाइटीमा बालकोट युवा सर्कलमा प्रवेश गरेका थिए । युवा सर्कलमा ४ पटक उत्कृष्ठ रहन सफल भएका उनी १५ वर्ष देखि आजको दिनसम्म निरन्तर समाजसेवामा लागिरहेका छन् ।
समाज सेवा नै आफ्नो धर्म भएको बताउँदै उनी भन्छन् रगत चाहिएको खण्डमा म विभिन्न साथी भाईहरु सँग आग्रह गर्दछु जो आएर फ्रेस ब्लड नै दिएर जानु हुन्छ । यसरी नै आफुले चाहिएको रगतको जम्मा गरि रहेको छु । विभिन्न स्थानमा समयसमयमा रक्तदान कार्यक्रम राख्दै आफ्नो समूहले समाजसेवामा काम गर्दै आएको छ । समाजमा हाल पनि एक भ्रम रहेको छ रगतको पैसा लाग्छ तर यो सरासर गलत भएको बताउँदै उनी भन्छन् रगतको पैसा लाग्दैन तर रगतको परिक्षण, त्यसको ब्याग, रगत फ्रिजमा राख्नु पर्ने, त्यसमा लाग्ने औषधि र कर्मचारीलाई दिने पारिश्रमिकमा पैसा लाग्ने गर्छ।’
समाज सेवालाई नै आफ्नो कर्मका रुपमा विकास गरेका श्रेष्ठ हाल सालै पूर्व स्वास्थ्य मन्त्री गगन थापाका हातबाट सम्मानित पनि हुन् सफल भएका छन् । भक्तपुरमा रगतको सवालमा उत्कृष्ठ काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।






































