विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लवको जनचेतना र्‍याली

289

भक्तपुर । विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव अफ भक्तपुर समन्वय समितिले बुधबार जनचेतना र्‍याली आयोजना गरेको छ।
भक्तपुर दरबार क्षेत्रबाट सुरु भएको र्‍याली त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा समापन गरिएको थियो।

सांस्कृतिक बाजागाजासहितको उक्त र्‍यालीको उद्घाटन लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ का गर्भनर सुदर्शनधर प्रधानाङले बेलुन उडाएर गर्नुभएको थियो।

र्‍यालीका सहभागीहरुले मधुमेहसम्बन्धी विभिन्न जनचेतनामूलक प्लेकार्डसमेत बोकेका थिए।