संवाहक आठ वर्षमा

140

भक्तपुर । संवाहक मिडिया हाउसद्वारा सञ्चालित संवाहक डटकम आजबाट सात वर्ष पुरा गरी आठ वर्षमा प्रवेश गरेको छ ।
अनलाइन संस्करणको यो यात्रामा हामीले विभिन्न चुनौतीहरू सामना गर्‍यौँ, यी चुनौतीहरू बिच पनि हामीले आफूलाई खरो रूपमा प्रस्तुत गर्न पछि परेनौँ, नागरिकलाई सूचना प्रदान गर्नुलाई नै आफ्नो मुख्य जिम्मेवारी भएको बोध गर्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता पक्षलाई निरुत्साहित गर्दै र समाजमा भएका सकारात्मक कार्यहरूलाई प्रोत्साहन गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिक सामु पुर्‍याउन हामी कटिबद्ध रह्यौँ ।

पछिल्लो समय नागरिकको सूचनाको पहिलो श्रोतको रूपमा अनलाइन सञ्चारमाध्यम बन्दै गएको परिपेक्षमा हाम्रो आगामी यात्रा निष्पक्ष पत्रकारितामा आधारित भई अझ सशक्त रूपमा अघि बढ्ने कुरा पाठक वर्गमा विश्वस्त गराउँदछौ । आगामी दिनमा सूचना र प्रविधिको विकास र विस्तारसँगै क्षणभरमा कुनै पनि सूचना विश्वमा प्रवाह गर्न संवाहक डटकमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

हाम्रो यो यात्रा हाम्रो एक्लो प्रयासले सफल भएको होइन, हामीलाई देश तथा विदेशमा रहनु भई समाचार सम्प्रेषणमा अहोरात्र खटिनु भएका हाम्रा सम्वाददाता, पाठक वर्ग र शुभचिन्तकहरूको निरन्तर साथ, सहयोग र सल्लाह रहिरह्यो, यहाँहरूको यही साथले हामीले सात वर्षको यो यात्रा सफलतापूर्वक पुरा गरी आठौँ वर्षमा प्रवेश गरेका छौँ, यहाँहरूको यस्तै उत्साहपूर्ण साथले हाम्रो आगामी यात्रा सफल हुनेमा हामी विश्वस्त रहेका छौँ ।

यो निरन्तर साथ प्रति हामी यहाँहरू प्रति आभारी छौँ, यो अनवरत साथको लागि यहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूको साझा अनलाइन पत्रिका संवाहक डटकम यहाँहरूकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
साथै अनलाइन सञ्चार माध्यम सञ्चालनको लागि प्रविधिमा सहयोग गर्ने Code For Core Innovationका टिम, संवाहक डटकमका टिम सम्पूर्णलाई धन्यवाद व्यक्ति गर्न चाहन्छौँ ।

https://www.facebook.com/sambahaknews/

youtube of sanbahak

https://www.youtube.com/@Sambahaknews/