सुशासन र विकास निर्माणमा अम्बल बन्दै टोखा

59

काठमाडौँ । टोखा नगरपालिकाले विकास निर्माण र सुशासनलाई उच्च प्राथमिकता दिदै आएको छ । नगरपालिकाले गत असारमा सम्पन्न नगर सभाबाट पारित गरेका वार्षिक नीति, कार्यक्रम र बजेट अहिले धमाधम कार्यान्वयन भइरहेका छन् भने कतिपय योजना सम्पन्न भएका छन् अधिकांश सम्झौता भएको टोखा नगरपालिकाले जनाएको छ ।
अहिले नगरस्तरीय र वडास्तरीय योजना पनि धमाधम कार्यान्वयन भइरहेका छन् । आगामी वैशाखभित्र सबै योजना सम्पन्न गर्ने गरी नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहको काम गरिरहेको छ ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले विकास निर्माणसँगै उच्च सुशासन कायम गर्दै आएको बताउनुभयो ।उहाँका अनुसार अहिले नगरसभाले पारित गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयन भइरहेको, नगर कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि निर्देशन प्रदान गर्ने गरिएको, सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको र अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले नगरपालिकाले तोकिएकै समयमा योजना सम्पन्न गर्न सबै वडालाई यस अगाडि नै आग्रह गरिसकेको बताउनुभयो । उहाँका अनुुसार नगरपालिकाले पुँजीगत खर्चमा गत आर्थिक वर्षमा भन्दा बढि प्रगति हासिल गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
नगरपालिका सहजरुपमा सेवा प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी व्यवस्था गरिएको, नगरपालिकाका निर्णय ओइभसाइड र फेसबुक पेजमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिँदै आएको छ ।