भक्तपुर, भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ । आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण हनुमन्तेमा आएको बाढीले बगाएर ल्याएको किशोरको शव सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै फेला परेको हो ।
प्रहरी परिसर भक्तपुरका अन्दाजी १५/१६ वर्षीय मृतक किशोरको सनाखत हुन सकेको छैन । घट्नाको प्रकृति हेर्दा पौडी खेल्न गएको जस्तो पनि देखिने र बाढीबाट पौडिएर बच्न खोजेको जस्तो पनि देखिएको प्रहरीको भनाइ छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ ।





































