१५० किलो गांजा सहित ७ जना प्रहरीको नियन्त्रण

41

मकवानपुर । इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गांजा ओसारपसारमा सहभागी भएको आरोपमा २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरूको साथबाट १५० किलो गांजा नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ माथिल्लो मसिने भन्ने स्थानको पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिक रहेको मध्यवर्ति सामुदायीक वनमा पर्सा राष्ट्रिय निकुन्ज लामिटारबाट खटिएको कर्मचारी र सोही निकुन्ञको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलिले गांजा र व्यक्ति पक्राउ गरेको हो ।

बोरामा लागू औषध गांजा बोमेर पैदल यात्रा मार्फत पर्सा जिल्ला तर्फ जादै गरेको अबस्थामा उनीहरूलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जसमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ३ बस्ने १५ र १९ बर्षिय किशोर रहेका छन् । मकवानपुर कैलाश गाउंलालिका ४ बस्ने २८ बर्षिय बम बहादुर चेपाङ, २७ बर्षिय हरिकुमार प्रजा,२७ बर्षिय बिरमान प्रजा रहेका छन् ।
यसैगरी मनहरी गाउँपालिका ३ हाडीखोला बस्ने ४४ बर्षिय रामहरी लुईटेल र मनहरी ५ बस्ने ३६ बर्षिय दिपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।