काठमाडौं । २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा संघर्षका साथ माद्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षा उतिर्ण गरेका चारजना शारिरीक अपांगता भएका विद्यार्थीलाई सम्मान गरिएको छ ।
महिला तथा वालवालिका कार्यालय भक्तपुर तथा अपांगता समन्वय समिति भक्तपुरद्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा महिला तथा वालवालिका कार्यालय प्रमुख निलाकुमारी घिमीरे तथा अपांगता समन्वय समिति भक्तपुरका अध्यक्ष सुमन पालिखेलले सम्मानपत्रद्वारा ती चार विद्यार्थीलाई सम्मन गरेका हुन ।
यसरी सम्मानित हुनेहरुमा माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरेका क्रिता बल्ल र आकार थापा छन भने १२ कक्षा उतिर्ण गरेका सुलोचना भोयद्यो र देवकुमार बिश्वकर्मा छन । क्रिताले शान्ति निकेतन माविबाट र आकारले नियोलोजियोन स्कुलबाट माद्यमिक शिक्षा परीक्षा उतिर्ण गरेका हुन । यसैगरी सुलोचना भोयद्योले वागेश्वरी उमाविबाट १२ कक्षा उतिर्ण गरेका थिए ।
कार्यक्रममा समाजमा आधारित पुर्नस्थापना संस्था (सिबिआर) भक्तपुरका संयोजक रमेशराम श्रेष्ठ, आरसिआरडि संस्थाका निर्देशक सुर्यभक्त प्रजापति, वहुअपांगता भएका वालवालिकाको विशेष विद्यालयकी प्रिन्सिपल विद्या राजभण्डारी, समानताको लागि आवाज संस्थाका सुरेश राजभण्डारी तथा सम्मानित विद्यार्थी क्रिता बललका पिता पवनकुमार वल्लले अपांगता भएका परिवारका सदस्यले झेल्नुपरेका पीडाबारे आआफ्ना विचार राखेका थिए ।






































