अमेरिकी सहरको मेयरमा बाख्रो

355

वासिंगटनः अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ । मेयर चुन्नका लागि चुनाव गरिएको थियो । मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए । उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो ।

अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो । लिकंन १३ भोट ल्याएर मेयर बनेको हो । उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुप¥यो । अरू उम्मेदवारहरूले जम्मा ३० भोट मात्र प्राप्त गरे ।

लिंकनको कार्यकाल १ वर्षको हुनेछ । लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो । लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ ।

। अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ । फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ । यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन् ।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो । सोहीअनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन् ।