रियल मड्रिडले स्यान्टियागो सोलारीलाई बर्खास्त गरेर पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई ल्याएको छ।
उनले क्लब छाडेको १० महिनापछि जिदानले पुन: प्रशिक्षकको जिम्मेवारी लिएका हुन्। सोलारीले पछिल्लो पाँचमहिना क्लबलाई प्रशिक्षण दिएका थिए।
रियलका पूर्व मिडफिल्डरसमेत रहेका जिदानेले गत सिजनमा रियललाई च्यापियन्स लिगको उपाधि तेस्रोपटक जिताएका थिए। अब उनले क्लबको जिम्मेवारी सन् २०२२ सम्म सम्हाल्ने जनाएका छन्।
च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न असफल रहेपछि सोलारीको पद धरापमा परेको थियो। स्पेनीस ला लिगामामा पनि खराब प्रदर्शनपछि सोलारीलाई बर्खास्त गरिएको रियलले जनाएको छ। ला लिगामा रियल शीर्षस्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडि।
जिदानेको फिर्तीपछि क्लब अध्यक्ष फ्लोरेन्टिनको पेरेजले संसारकै उत्कृष्ट प्रशिक्षकले क्लब सम्हालेको बताएका छन्।







































