पतिबाट मर्सिडिज उपहार पाएपछि प्रियंका चर्चामा

310

पतिबाट मर्सिडिज उपहार पाएपछि प्रियंका चर्चामा

एजेन्सी । गत डिसेम्बरमा हलिउड सेलिब्रेटी निक जोनससँग वैवाहिक बन्धनमा बाँधिएकी अभिनेत्री प्रियंका चोपडाले मंगलबार सरप्राइज स्वरुप करिब २ लाख डलरको मर्सिडिज गाडी प्राप्त गरेकी छन्। प्रियंकाले आफ्नो उपहारबारे सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेपछि यसबारे अधिक चर्चा भइरहेको छ।
  
पोस्टमा जोनस र प्रियंका दुवै नयाँ कारका अगाडि हाँस्दै खुसी मनाउने तरखरमा रहेको देख्न सकिन्छ। निकले भने हातमा स्याम्पियन बोकेका छन्। उनले उपहारमा पाएको २०१९ मर्सिडिज मेब्याच एस-६५० को बजार मूल्य एक सय ९९ हजार डलर छ।

२००५ मा स्थापित ‘जोनस ब्रदर्स’ ब्यान्डका सदस्य निकले केही समय अगाडि मात्र आफ्ना दाजुहरुसँग आ-आफ्ना पत्नीलाई सम्बोधन गर्दै नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका थिए। र सो गीत बिलबोर्ड चार्टमा एक नम्बरमा आउन सफल भएकै कारण उनले खुसी मनाउने क्रममा पत्नी प्रियंकालाई यस्तो सरप्राइज दिएको बताइएको छ। उनले पनि सो म्युजिक भिडियोमा खेलेकी थिइन्।  
 

प्रतिकृया दिनुहोस

Source link