प्रधानमन्त्री मन्त्रिपरिषद पुनर्गठनको तयारीमा हुनुहुन्छ : अध्यक्ष प्रचण्ड

365

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई फेर्ने र नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गर्न लागेका हुन। प्रधानमन्त्रीले मंगलबार बिहान मात्रै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन।

प्रदेश १ को राजधानी विराटनगरमा संचारकर्मीहरूसँग बोल्दै प्रचण्डले मन्त्री परिवर्तनको कुरा भइरहेको बताए। उनले भने, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ। हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने आज बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’ उनले थपे, ‘प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही परिवर्तन गर्नुपर्छ। तर अहिले हतारो छैन।’

प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको बताए।

Source link