बारको निर्वाचनमा करोडौं खर्च गरी विजयी हुनेले देशको हितमा काम नगर्ने

256

भक्तपुर । बारको निर्वाचनमा करोडौं खर्च गरी विजयी हुनेहरुले देशको हितमा काम नगर्ने कानून अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापतिले बताएका छन् ।

नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको लागि आगामी चैत्र १६ गते हुने निर्वाचनमा कानून अध्ययन समाज–नेपालको उम्मेदवारी किन ? भन्ने बिषयमा पत्रकार भेटघाट कार्यक्रममा उनले बारको निर्वाचनमा करोडौं खर्च गरी निर्वाचन जित्नेले लगानीकर्ताको नै हितमा काम गर्ने प्रजापतिले बताएका हुन् ।
कानून अध्ययन समाज नेपालका अध्यक्ष एवं नेपाल बार एशोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी अधिवक्ता रामप्रसाद प्रजापतिले नेपाल बारमा सदस्यता वितरण देखि नै पक्षपात पूर्ण ब्यवहार भएको बताए । उनले हालको अवस्थामा न्याय सर्वसुलभ एवं निष्पक्ष नहुनुमा हालसम्म नेपाल बारको नेतृत्व गर्ने समुहहरु नै दोषि भएको आरोप लगाएका थिए ।
उम्मेदवारी शुल्क र महँगो निर्वाचन प्रचार प्रसारका कारण न्यायालयमा अझ लामो समय अनियमितताको चक्र चल्ने उनको दावी थियो ।
पत्रकार भेटघाटका क्रममा कानून अध्ययन समाजले आफूले आगामी निर्वाचनमा महिला खुल्ला तर्फ अनिता जधारी र केन्द्रिय अध्क्षका लागि रामप्रसाद प्रजापतिको उम्मेदवारी रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा उनीहरुले नेपालमा ब्याप्त अदालती भ्रष्टाचारको निराकरण गर्न आफूहरुलाई मतदान गर्न कानून ब्यवसायीहरुर्ला आग्रह गरेका थिए ।