भक्तपुरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ६ घाइते

538

भक्तपुरः भक्तपुरको साँगामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

सिराहाको लहानबाट बिरामी लिएर भक्तपुर आउँदै गरेको ज १ च १४९० नं. को एम्बुलेन्स भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० साँगामा दुर्घटना भएको हो ।

एम्बुलेन्स अनियंत्रित भर्र्इ २०० मिटर खस्दा बिगु गाउँ पालिका वडा नं. १ दोलखाका २५ वर्षीय चालक सन्तोष तामाङ सहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

७१ वर्षीय झलक खड्का बिरामीलाई उपचारका लागि भक्तपुर ल्याउँदै गर्दा शुक्रबार राति साढे ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।

चालक तामाङलाई न्युरो बासवारी काठमाडौंमा लगेको र थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको र बाँकी ५ जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।