भोलि विप्लवकाे नेपाल बन्द (विज्ञप्ति सहित)

315

काठमाडौं । ओली सरकारको ज्यादती र दमनबिरुद्ध चरणबद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । पार्टी महासचिव विप्लवले आफ्ना नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा जनता नै त्रसित हुनेगरी गरिएको अप्रेशन र प्रहरी दमनबिरुद्ध नेपाल बन्दको घोषणा गरेका हाे ।

शुक्रबार कपिलवस्तुमा आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरी घाइते बनाएपछि विज्ञप्‍ति जारी गरेर विप्लवले ओली सरकारले देखाएको फासिवादी रबैयाको कडा शब्दमा बिरोध गरेका छन् ।

“केपी-प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ । दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन सुन्दरीडाडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड वन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।” महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । हेर्नुहोस् विज्ञप्ति

Purbeli TV

Source link