ट्रिटनका विद्यार्थीवीच ओलम्पिक दिवस (फोटो फिचर)

178

काठमाडौँ । सबै प्रकारका खेलकुदबारे सहभागितात्मक अभ्यास गराउँदै सुविधा नगर तीनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले ओलम्पिक दिवस २०२३ मनायो ।


सो स्कुलको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले दुई दिनसम्म अन्तर सदन खेलकुद प्रतियोगिताको आयोजना गरेर सो दिवस मनाएको हो । नर्सरी कक्षादेखि ५ सम्म एक दिन र ६ देखि १० कक्षासम्म अर्को दिन जडीबुटीस्थित एक फुटसलमा सो दिवस मनाएको हो ।
विद्यालयकी निर्देशक ममता शाहको उपस्थितिमा अतिरिक्त क्रियाकलाप संयोजक शिव गैह्रे तथा रेफ्रि विनोद केसी लगायत सबै कक्षाका खेल शिक्षकहरूको सहभागिता थियो भने सबै कक्षाका विद्यार्थीहरूले सो प्रतियोगितामा भाग लिएका थिए ।
ओलम्पिकमा खेलाइने एथलेटिक्सदेखि फुटबलसम्मका खेलहरू समावेश गरी विद्यार्थीहरुवीच प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताका विजयी सदन र विद्यार्थीहरूलाई विद्यालयले निकट भविष्यमा एक कार्यक्रमको आयोजना गरी ट्रफि, पदक र प्रमाणपत्र दिने बताइएको छ ।