प्रकाश घिमिरे अन्जानयात्री
अलक्षिना यो पानी निरन्तर दर्केर
वरपर बगाउँदै छ नदी खोला नाला
उर्लिएर सारा गाउँ सहर डुबाउदै छ!!
स्वर चलेन हाम्रो भुइँचालोमा
जोर हाम्रो चलेन बाढीमा
जनधनको ठुलो क्षेति गरेर
�बर्षाले कहर मच्चाउँदै छ !!
पहाडमा पहिरो बाटो थुन्दैछन्
बे घरबार बनि रुदैछन
ओतलाग्नेठाउँ छैन
डुबेर हरेक प्रहार छट्पटाउँदै छ!!
सबै भन्छन् कोशीबाध गण्डकबाध
रातो बत्ती बल्यो
कस्तो बिपद आयो बिच सडकमा बनेर नहर उर्लदै छ!!
प्रकृतिको प्रकोप
हरेक साल यहाँ फर्की फर्की आउँछ
पिडा बेदना थमाएर सधैँ सुन्दर धरोहर नष्टै बनाउँदै छ!!
गाँस बाँस केही छैन
पानी रोकिने छाटकाट छैन
भो अति काल बोकेको दिन
आयो दैव निष्ठुरी भएर जहर पिलाउदै छ!!
प्रकाश घिमिरे अन्जानयात्री बौदीकाली ३ नवलपरासी हाल कतारबाट
Related