काठमाडौं — विश्व शान्ति एवं सद्भावना सम्मेलनको अवसरमा आइतवार एउटा रमाइलो दृश्य देखियो ।
यस सम्मेलनमा योगगुरु बाबा रामदेव र तिब्बती आध्यात्मिक गुरु दलाई लामाका बीच भेटघाट भयो । अनि दलाई लामाले रामदेवसँग रमाइलो गर्न थाले ।
रामदेव दलाई लामाको नजिक पुग्दा दलाईले रामदेवको दाह्री समाते ।
दुवैजनाको रामरमाइलो देखेर त्यहाँ उपस्थित मानिसहरू हाँस्न थाले ।
सम्मेलन शुरु हुनुअघि बाबा रामदेवले दलाई लामाको गोडा छोए र आशीर्वाद दिँदै लामाले रमाइलो पारामा रामदेवको दाह्री ताने ।
सम्मेलनमा भारत–चीन सम्बन्धका विषयमा बोल्दै दलाई लामाले डरका कारण मानिसहरूमा जलन र क्रोध उत्पन्न हुने बताए ।
लामाले भने, ‘डरका कारण झर्को लाग्छ अनि झर्को लागेपछि क्रोध उत्पन्न हुन्छ र क्रोधबाट हिंसा हुन्छ ।’
बाबा रामदेवले चीनविरुद्ध जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने बताउँदै हामी योगको भाषामा कुरा गर्छौं तर यसलाई नबुझ्नेलाई हामी युद्धको भाषामा जवाफ दिन्छौं भने ।