भक्तपुर । गृह मन्त्रालय हाल सम्म ज्यान गुमाउनेको संख्या गन्न वाहेक अरु राहतको तरखरमा भने जुटेको देखिन्न । हालसम्म बाढीपहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या १२८ पुगिसकेको छ । ३३ जना अझै हराइरहेका छन् ।
सरकारले अब उद्धारकार्य सकिएको र राहतकार्य शुरु भएको बताएको तापनि रहतको कार्यमा तदारुकता नदेखाउँदा तराईका जनता घर न घाटका भएका छन् ।
खोलाले कटान गरेर सडक भत्केर सवारी साधन पुग्न नसक्ने स्थानका बाढी पीडितहरुले आफूहरुले धेरै दिनसम्म एक छाक खाना समेत खान नपाएको बताइरहेका छन् ।
बाढी पीडितहरु विपदका बेलामा पनि सरकारले नहेरेको भन्दै आक्रोश पोखिरहेका छन् । तर सरकारमा भएका दलहरु बाढीको आँकलनमात्र गरि रहेको पीडितको आरोप रहेको छ ।
बाढीमा ज्यान गुमाएका कालीप्रसाद राजवंशीका छोरा कैलाश राजवंशी भन्छन् गाउँघरको सहयोग बाहेक सरकारको कुनै सहयोग नपाएको गुनासो गर्दछन् । उनी भन्छन् यदि यस्तो विपतमा समेत सरकारले यस्तो उदासिनता देखाउँछ भने यो सरकार हुनु र नहुनुमा के नै काम भयो र । उनले भने, “अहिलेसम्म स्थानीयबासीबाट १५ सय रुपैयाँ सहयोग भएको छ। उहाँहरुले १० केजी चामल दिनुभयो यसले कति के गर्नु किरिया गर्नु कि खाना खोज्न जानु अन्योलमा परेको उनी वताउँछन् । तर सरकारले केही दिएन ।
बाडि पीडितको समस्या कसैले पनि नवुझेको पीडितको आरोप रहेको छ नत्र सरकारले केहि त गर्नु पर्ने थियो तराईमा एक मधेश एक प्रदेशको नारा लगाई हामीलाई छक्काउने पनि भागे सरकार पनि भाग्यो अव हामी त घर न घाटका पो भयौ त हाम्रो समस्या कसले वुझि दिने पीडित गुनासो गर्दछन् ।