भरखरै बिभाजन भएका राप्रपा प्रजातान्त्रिक र राप्रपा दुबैले निर्वाचन प्रयोजनका लागि आईतबार दल दर्ता गरेका छन। दुबै पार्टीले आईतबार निर्वाचन आयोगमा गएर मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाका लागि दल दर्ता गरेका हुन। राप्रपा प्रजातान्त्रिकले हलो र राप्रपाले गाई चिन्ह प्रयोग गर्ने भएका छन्
राप्रपाले आइतबार नेता टंक ढकालको नेतृत्वमा जयन्त चन्द, सुशील श्रेष्ठ , भाष्कर भद्रा, भुवन पाठकलगायत निर्वाचन आयोग पुगेर दल दर्ता गराइएको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी १० मंसिरमा गर्ने घोषणा गरिसकेको छ । ती निर्वाचनका लागि आजसम्ममा दल दर्ता गराउनुपर्ने आयोगले तोकेको थियो
राप्रपा .( प्रजातान्त्रि(ले पनि आईतबारै दल दर्ता गरेका छन्
दीपक बोहरा, सुनिलबहादुर थापा, बिक्रम पाण्डे, ध्रबबहादुर प्रधानसहितका एक नेताहरू आइतबार बिहान निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर दल दर्ताको निवेदन दिएको प्रवक्ता किरण गिरीले जानकारी दिए । ‘ ।
राप्रपा (प्रजातान्त्रिक)ले चुनाव चिन्ह ‘हलो’मा माग दावी गरेको छ । चुनाव चिन्हका विषयमा भदौ १९ गतेभित्र टुंगो लाग्न सक्ने प्रवक्ता गिरीले जानकारी दिए।
राप्रपाबाट विभाजन भएर नयाँ दलको मान्यता पाएको राप्रपा (प्रजातान्त्रिक)ले अब आफ्नो ध्यान संगठन निर्माण र निर्वाचनप्रति केन्द्रित बनाउने तयारी गरेको छ ।