मुस्लिम देश इन्डोनेसियाका विश्व प्रसिद्ध हिन्दु मन्दिरहरु

498

एजेन्सी, हिन्दु संस्कृति र  इतिहास केवल नेपालमा मात्र नभई संसारभर प्रसिद्ध रहेको छ । बिषेस गरि इन्डोनेसिया संसारकै ठुलो मुस्लिम जनसंख्या भएको देश हो जहाँ को पैसालाई नेपालमा जस्तै रूपियाह भने गरिन्छ ।अझ आश्चर्यको कुरा त इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो रहेको छ ।

पैसामा भगवान गणेशको फोटो राखिनुको एक विशेष कारणपनि रहेको छ । भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानका देवताको रुपमा पुजिने गरिन्छ । २० हजारको नोटमा भगवान गणेशको फोटो संगै इन्डोनेसियाको पहिलो शिक्षा मन्त्री हजर देवांत्रा को फोटो रहेको छ । इन्डोनेसियामा देवांत्रालाई स्वतन्त्रताका नायकको रुपमा मान्ने गरिन्छ ।

एक रिपोर्ट अनुसार केहीसमय पहिले इन्डोनेसियाको अर्थव्यवस्था पूर्णरुपमा धराशायी भएको थियो । सोहि वितिय संकट टार्न  २० हजारको नोट जारी गरिएको थियो । जसमा भगवान गणेशको फोटो छापिएको थियो । यो नोट छापिए पछि  इन्डोनेसियाको अर्थव्यवस्थामा सुधार आएको थियो । इन्डोनेसियाको राष्टिय धोजाबाहक एयरलाइन्स पनि हिन्दु धर्ममा पवित्र पन्छी मानिने गरूडको नाम बाट गरूड  एयरलाइन्स   राखिएको छ ।

बिश्वमै धेरै मुस्लिम धर्मालम्बी बस्ने  इन्डोनेसियामा प्राचिन हिन्दु मन्दिरहरु रहेका छन् । जस मध्य केहि बिश्व सम्पदा सुचिमा समेत रहेका छन् । मुस्लिम देस इन्डोनेसिया गौरब बनेको यस्ता मन्दिरलाई सरकारले समेत संरक्षण दिएको छ । त्यहाका मन्दिरहरु घुम्न बार्षिक लाखौ बिदेसी पर्यटक आउने गर्दछन ।