Home समाचार रक्त क्यान्सर पिडितका लागि कर्मचारीले रक्तदान गर्ने
काठमाण्डौं । नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रिय कार्यसमितीको स्थापना दिवसको अबसरमा नेपाल निजामती कर्मचारी युनियन भूमिसुधार तथा ब्यबस्था मन्त्रालय बिभागिय कार्यसमितीले रक्त क्यान्सर पिडितका लागि रक्तदान गर्ने भएको छ । कार्यसमितीले बानेश्वर बैंकट थापा गाउँमा रक्त क्यान्सरका लागि रक्तदान गर्ने भएको हो ।
रक्तदान कार्यक्रममा निजामती कर्मचारी र अन्य दाता महानुभाबहरुले रक्तदानमा सहभागिता जनाउने छन । रक्तदान भाद्र १९ गते दिउँसो १.३० बजे सुरु हुने नेपाल निजामती कर्मचारी युनियन (संघ) भुमिसुधार मन्त्रालय बिभागिय अध्यक्ष इस्वर अर्यालले जानकारी दिनु भयो । सधै कर्मचारीले तलबी स्वार्थमा मात्रै काम नगर्ने बताउंदै बिरामिको सेवामा लाग्न युनियनकर्मि सधै जस्तोसुकै काम गर्न तयार हुने कुरा उहाँले बताउनु भएको छ ।
आम निजामती कर्मचारीहरु , पेशागत साथीहरुमा र युनियन कर्मी साथीहरुलाई म अनुरोध गर्दछु कि रक्त क्यान्सरका कारण समस्यामा परेका हरुको समस्या समाधान युनियनकर्मीले गर्नु पर्दछ अर्यालले वताउनुभयो ।
Related