विपद्सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

398

सुडाल । नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले रेडक्रस स्थापना दिवसको पूर्वसन्ध्यामा बिपद् जोखिम न्युनिकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ८ स्थित श्री पञ्चकन्या मा.बि मा संचालित अभिमुखिकरण कार्यक्रममा ४० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिपद् पुर्व तयारी, बिपद्संग सम्बन्धित शब्दावलिहरु, बिभिन्न किसिमका बिपद्हरु र ती बिपद्हरुबाट कसरी सुरक्षित रहने उपायसहित बिपद् जोखिम न्युनिकरणका लागि के के गर्न सकिन्छ भन्ने बिषयमा श्रब्य दृश्य सामाग्रीहरु मार्फत अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रममा सुडाल उपशाखाका सभापति बिदुर नेपालले रेडक्रस र रेडक्रस अभियान तथा सुडाल उपशाखाले संचालन गरेका गतिबिधिहरुको बारेमा पस्तुती गर्नु भएको थियो । बिद्यालयका प्रधानाध्यापक तथा सुडाल उपशाखाका पुर्व सभापति सन्तराम दुलालले भुकम्प, बाढि पहिरो लगायतका बिभिन्न बिपद्हरुमा रेडक्रसले सञ्चालन गरेका गतिबिधिहरुको प्रसंशा गर्नुभयो ।

सो अवसरमा उपशाखाका सचिव बिक्रम थापाले जुनियर युवाहरु रेडक्रसका मेरुदण्ड भएकाले उनीहरुलाई लक्षित गरि उपशाखाले कार्यक्रमहरु अगाडि बढाउने बताउनु भयो । कार्यक्रमको सहजिकरण जिल्ला शाखा भक्तपुरका कर्मचारी इश्वर श्रेष्ठले गर्नुभएको थियो ।