गरियो चक्रपथ सफाई

716

काठमाडौं । वागमति जस्तै चक्रपथ सफाई गर्ने योजना अनसार शनिबार पनि चक्रपथको सरसफाई गरियो । पहिलो पटक चक्रपथको बाफलबाट सरु भएको अभियान शनिबार स्यचाटारदेखि कलंकीसम्म सरसफाई गरिएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो ।


दई हप्ता अगाडि पहिलो पटक बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको थियो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो ।
सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताउनुभयो । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भन्नुभयो, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं ।
कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो ।


चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो ।
अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताउनुभयो । चक्रपथ विस्तारपछि चक्रपथ आसपास हराभरा बनाउन वृक्षारोपण गर्ने र चक्रपथ सुगन्धित बनाउने योजना रहेको सुनाउनुभयो ।
उहाँका अनुसार अव खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको वताउनुभयो । हाम्रो अभियान केवल चक्रपथ सफा गर्ने मात्र नभएर पुरै काठमाण्डौ उपत्यका हराभरा वनाउने हो जसका लागि सवै एक जुट हुन आवश्यक छ ।
वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए ।