भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल मिवाछेंको आयोजनामा गत भाद्र ७ गतेदेखि विद्यालयमा सञ्चालित छैटौं एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण हिज्जे प्रतियेगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगितामा मनकामना इङलिस स्कुलले १३१ अंक ल्याएर प्रथम स्थान प्राप्त गर्न सफल भयो भने सैनिक आवासिय मावि, १२१ अंक सहित दोस्रो र विद्या संस्कार स्कुल काठमाण्डौले ११३ अंक ल्याई तेस्रो स्थान प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उपत्यकाका १३ विद्यालयले भाग लिएका थिए ।
भक्तपुर नगरपालिका वडा नं.५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विजयी विद्यार्थीहरूलाई ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।