चण्डीगढ। बलात्कारी बाबा राम रहीमको सिरसामा रहेको मुख्य अड्डामा आज छापा मारिएको छ । यहाँ दिनभर खानतलासी गर्दा निकै आश्चर्यजनक कुराहरु भेटिएका छन् । खानतलासीको क्रममा बाबाले डेराभित्र आफ्नै मुद्रा चलाउने गरेको प्रमाण भेटिएको छ।
अदालतको आदेशपछि शुक्रबार छापा मार्दा यहाँ ५, १०, १५, २० दरका प्लाष्टिकका मुद्रा भेटिएका हुन् । यी मुद्रामा ‘डेरा सच्चा सौदा सिरसा, धन–धन सतगुरु तेराही आसरा’ लेखिएको पाइएको छ । यहाँभित्र बसोवासको लागि कोलोनी समेत निर्माण गरिएको पाइयो । यहाँ बजार पनि बसाइएको थियो तर यहाँ किनमेल गर्नको लागि डेराकै मुद्रा आवश्यक पथ्र्यो । बाहिरबाट गएकाले डेराको मुद्रा सटही गरेर लिनुपथ्र्यो । यस्तो मुद्राले यहाँ बाहिरको बजारमा पाइने सबैजसो कुराहरु पाइन्थ्यो ।
बाबाले यहाँ स्कुल कलेज पनि बनाएका थिए । सुपरमार्केट, खेल स्टेडियम, विद्यार्थीको लागि होस्टल, यहाँ जागिर गर्ने परिवारको लागि आवासीय कोलोनी, सिनेमाघर, फाइभस्टार होटल, रेष्टुरेण्ट सबै डेराभित्रै बनाइएका थिए । यी सबैमा डेराकै मुद्रा चल्थ्यो ।