गजल

600

विकास प्रहर

परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश।
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश।

राहत भन्दा जनतालाई अाहत बढी हुनेगरी,
सम्झौता र सन्धी गर्दा छातीभरि दुख्छ देश।

पराईको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश।

घर अनि परिवारको याद अाउँदा नयनबाट,
मेची महाकाली झर्दा छातीभरि दुख्छ देश।

राष्ट्रियता,अखण्डता, एकतालाई बिर्सिएर,
बिखण्डनको पर्चा छर्दा छातीभरि दुख्छ देश।