रक्सीले मातेर लरबरिँदै विद्यालय आउने हेडमास्टर पक्राउ

433

इलाम  – रक्सी खाएर  विद्यालय आउने एक प्रधानाध्यापकलाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६, सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएपछि  पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई जिर्मले प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

हरेक समय मादक पदार्थ सेवन गर्ने  प्रधानाध्यापकलाई पटक–पटक चेतावनी दिँदासमेत नसुध्र्रिएपछि बुधबार उनलाई मादक पदार्थ मातेर विद्यालयमा आएको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

रक्सीले मातेर लरबरिँदै विद्यालय आएपछि प्रहरीले श्रेष्ठलाई प्रहरीको जिम्मा लगाइएको  विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बर सुवेदीले विद्यालयको प्रअलाई विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार कारवाही हुने बताउनु भएको छ । बर्खास्त नै गर्ने निर्णय भने क्षेत्रीय शिक्षा निर्देशनालयलाई हुने सुवेदीले  बताउनुभयो ।