भारतीय जासूसी संस्था रअसम्बन्धी रोचक तथ्य

487

रिसर्च एन्ड एनालिसिस विंग (रअ) भारतको सबभन्दा महत्त्वपूर्ण जासूसी संस्था हो । रअले गुप्त रूपमा काम गर्ने भएकाले कसैलाई पनि यसको तौरतरिकाका बारेमा पूर्ण जानकारी हुँदैन । यहाँ हामी रअका बारेमा केही रोचक जानकारी दिँदैछौं ।

रअको गठन सन् १९६८ को २१ सेप्टेम्बरमा भएको थियो । तत्कालीन इन्दिरा गान्धी सरकारले रअ गठन गरेको थियो । सन् १९६२ मा भारत चीन युद्ध र सन् १९६५ मा भारत पाकिस्तान युद्धपछि नै रअको गठन गर्ने विचार जन्मेको हो ।

रअको कानूनी हैसियतका विषयमा अस्पष्टता कायम छ किनकि यो एजेन्सी नभएर विंग मात्र हो ।

देशको सुरक्षाका कारण रअमा सूचनाको अधिकार अर्थात् आरटीआई लागू हुँदैन ।

माता पिता दुवै भारतीय भएको व्यक्ति मात्र रअमा आबद्ध हुन पाउँछ ।

रअले सुरक्षाको गहन जिम्मेवारी लिने भएकाले आफ्नो रिपोर्ट अरूमार्फत नपठाई सिधै प्रधानमन्त्रीलाई पठाउँछ ।

कुनै परिवर्तन वा गडबडीको सम्भावना नहोस् भनी यसो गरिन्छ ।

सिक्किमलाई भारतमा मिसाउनका लागि रअले ठूलो भूमिका निर्वाह गरेको थियो । उसैले नेपालमा पनि अस्थिरता मच्चाउन कोशिश गरेको बताइन्छ ।

रअमा काम गर्ने मानिसले आफ्नो परिवारलाई समेत केही कुरा बताउन पाउँदैन । कुन मिसनमा कहाँ खटिएको त झनै बताउनु हुँदैन चाहे ज्यान खतरामा नै किन नहोस् ।

खेलकुदमा लागेको व्यक्तिलाई रअ ज्वाइन गर्न अलि सजिलो हुन्छ ।

रअको एजेन्ट अर्को मुलुकमा जासूसी गर्दागर्दै पक्राउ परेमा सुरक्षाको कारण सरकारले उसको कुनै पनि सहायता गर्दैन । अझ उसलाई चिन्न समेत इन्कार गर्छ । रअ एजेन्ट रवीन्द्र कौशिकलाई यस्तै भएको थियो । उनी पाकिस्तानको मुल्तानस्थित जेलमा मरेका थिए ।

भारतको परमाणु कार्यक्रमको गोपनीयताको जिम्मेवारी रअकै हातमा छ ।

चौबीसै घण्टा खट्न सक्ने व्यक्ति मात्र रअमा टिक्न सक्छ ।

एजेन्सी