तपाईंलाई पत्यार नलाग्न सक्छ, जापानमा एउटा यस्तो रेलसेवा सञ्चालनमा आएको छ, जहाँ भित्रै डान्स रेष्टुरेण्ट देखि विभिन्न खाले सुविधा सम्पन्न बारहरु छन् ।
इस्ट रेल्वे कम्पनीले तयार पारेर सञ्चालन सुरु भएको उक्त रेल सेवामा अत्याधुनिक सहर भित्रका सबै खाले सुविधाहरु छन् ।
यो रेलले सोमबारबाट सेवा सुरु गरेको हो । कुल ३६ हजार किलोमिटर यात्रा गर्ने रेलले पहिलो दिन ३३ जना यात्रुलाई सेवा दिएको छ । यो रेलमा भिडभाड पनि हुने छैन किनकी रेलका १० वटा डिव्वामा जम्मा ४३ जना मात्रै यात्रु हुने छन् ।
रेलले टोकियोबाट जापानको पुर्वी इलाका होक्कैदो हुँदै सुदुर पुर्वसम्मको यात्रा गर्ने छ र यसका लागि चार दिन लाग्ने छ ।
उद्घाटनका दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेत्सुरो तोमिता र रेलका डिजाइनर केन कियोयुकीले पनि यात्रुहरुसँगै सवार भएका छन् । पहिलो दिन यात्रा गर्नका लागि यात्रुहरु गोला प्रथाबाट छानिएका थिए । धेरै मानिसले आवेदन दिएका कारण गोला प्रथाबाट यात्रु छानिएको हो । यो रेलमा यात्रा गर्नका लागि तपाईसँग १० लाख रुपैयाँको आवश्यकता पर्छ ।
रकम तिरिसकेपछि आफुले चाहेको खाना, पेयपदार्थ, स्पा, डान्स, जिम लगायतका सबैखाले सुविधा पाइने छ । रेलभित्र राम्रो स्वास्थ्योपचारको समेत व्यवस्था गरिएको छ ।
यदी तपाई यो रेल चढ्न चाहनुहुन्छ भने सन् २०१८ को मार्च सम्म कुर्नु पर्ने हुन्छ । त्यस बेलासम्मका लागि उक्त रेल बुक भइसकेको जनाइएको छ ।