उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता सुरु

783

भक्तपुर । भक्तपुरको पूर्वी भेगमा रहेको सुडालमा पहिलो पटक भएको उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता सुरु भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको आरक्षण स्कुलमा संवाहक डटकमले आयोजना गरेको सो प्रतियोगिता शनिबार सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले गरेका थिए । उनले कराते खेलका रेफ्री रामशरण त्वातीलाई खेल सामग्री हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।
उपत्यका तथा काभ्रेव्यापी कराते तथा किक् बक्सिङ प्रतियोगिताको उद्घाटनमा चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालका वडाध्यक्ष परासर सापकोटाले पनि प्रतियोगिता सफलताको कामना गरेका थिए ।
२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरि १९ खेल तथा किक् बक्सिङमा पुरुष तर्फ ४५, ५०, ५५ केजी तौल समूह र महिलातर्फ पनि ४५, ५० र ५५ केजी तौल समुह तथा यस्तै काटा समूहको एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइएको छ ।
प्रतियोगिता संयोजक गणेश सुकमनीकाअनुसार २० केजी समूहमा ९, २५ केजी तौल समूहमा १६, ३० केजी समूहमा १८, २५ केजी तौल समूहमा १५, ४० केजी तौल समूहमा १४, ४५ केजी तौल समूहमा १५, ५० केजी तौल समूहमा १२, ५५ केजी तौल समूहमा ५, ६० केजी तौल समूहमा ६ र खुलातर्फ ५ गरी कूल १ सय १७ जना पुरुष र महिलातर्फ २५ केजी तौल समूहमा, ३० केजी समूहमा ३, ३५ केजी तौल समूहमा ६, ४० केजी तौल समूहमा ४, ५० केजी तौल समूहमा ५, ५५ केजी तौल समूहमा ४ र खुलातर्फ ४ गरी कूल ३४ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कूल १ सय ५१ जनाको सहभागिता रहेको छ ।
प्रतियोगिता डब्लु के एफको नियम अनुसार खेलाइएको रेफ्री संंयोजक रामशरण त्वातीले जानकारी दिए ।