भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको आठौंै वाषिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारीको विकासक्रमलाई केही सहकारी संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताए ।
सचिव राजु श्रेष्ठले यो संस्थाले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताए । उनले वित्तिय क्षेत्रको स्थितिमा सुधार गर्दै जाने र शीप, पेशा, व्यवसाय, उद्योगमा कर्जा प्रवाहमा वृद्धि गर्ने योजना रहेको बताए ।
कोषाध्यक्ष तुलसादेवी थापा राईले रु २ करोड ६३ लाख ९३ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा आम्दानी र २ करोड ४८ लाख ७७ हजार ८ सय १ रुपैयाँ ३८ पैसा खर्च भई १५ लाख १५ हजार ६ सय ४५ रुपैयाँ ९६ पैसा नाफा भएको बताईन् ।
उनले संस्थामा १ हजार ३ सय ९५ महिला र १ हजार ७ सय ३ पुरुष गरी कूल ३ हजार ९८ जना सदस्य रहेको जानकारी दिँदै आ.व. ०७३÷७४ मा १ करोड ११ लाख २६ हजार ३ सय शेयर पूँजी संकलन भएको, बचतमा रु. २० करोड ९० लाख ५९ हजार ८ सय ९० रुपैयाँ ५२ पैसा तथा ऋण लगानीमा १८ करोड ५२ लाख १७ हजार ८ सय ७४ रुपैयाँ ४३ पैसा भएको बताइन् ।
लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले जेष्ठ नागरिक बचत, विद्यार्थी बचत, कर्मचारी बचत तथा व्यवसाय बचत जस्ता नयाँ खाता खोली शेयर सदस्य र पुँजीमा वृद्धि र लगानीको क्षेत्र विस्तार गर्नु पर्ने बताए । साथै उनले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शनिबार भएको साधारणसभाको सूर्यबिनायक नगरपालिका वडा नं. ८ का बडाध्यक्ष किरण थापाले उद्घाटन गरेका थियो । उद्घाटनपछि मन्तब्य राख्दै बडाध्यक्ष थापाले सहकारीको माध्यमबाट जनताको आयस्तर उकास्न अनमोल सहकारी सफल हुँदै गएकोमा धन्यवाद दिए । उनले संस्थाले हरेक वर्ष प्रगति गर्दै गएको बताउँदै दसैको समयमा शेयर लाभांश वितरण गरेर दसै मनाउन ठूलो राहत मिलेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, केदानाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेत, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रतिनिधी कृष्ण बहादुर खड्का, सुर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष हरिशरण बस्नेत, संस्थाका उपाध्यक्ष शंकर केसी, संस्थाका सदस्य विश्वराम थापा र संस्थाका शेयर सदस्य निश्चल बस्नेतलगायतले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।