नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा सम्पन्न

361

काठमाण्डौं । नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ को महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । समाजका महासचिव चेतनाथ कँडेल हरितले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष पुष्पा खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

लोकतान्त्रिक मुल्य मान्यताहरूप्रति समर्पित हुँदै विशुद्ध साहित्यिक गतिविधिहरूका मार्फत् नेपाली वाङ्मयको सिर्जना, सम्वद्र्धन र विकासमा टेवा पुर्याउने, नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रियकरण गर्ने, भाषा साहित्यको विकासमा सहयोग गर्ने, वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्नेलगायतका उद्धेश्य लिएर वि.सं. २०६४ सालको नेपाल स्रष्टा समाजको स्थापना भएको हो । समाजमा अहिले ११० जना आजीवन विशिष्ट र ३६ जना विशिष्ट सदस्यहरू रहेका छन् ।

सभामा समाजका करिब ७० जना जना सदस्यहरूको उपस्थिति रहेको थियो । समाजका केही सदस्यहरू विदेशमा समेत रहेका छन् ।