भक्तपुर । सर्वश्री बचत तथा ऋण सहकारी संस्था लि.को कुल एक करोड ५५ लाख ५१ हजार ८०० शेयर पुँजी रहेको छ ।
निक्षेप तर्फ पाँच करोड ८४ लाख, २३ हजार २४० संकलन भएको छ भने कुल चालु पुँजी ७ करोड ३९ लाख ७५ हजार ४० रुपियाँ रहेको छ ।
संस्थाको बिहिवार सम्पन्न दशौं साधारण सभामा उक्त पुँजी भएको सार्वजनिक गरिएको हो । । साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सहकारी संस्थाहरु संख्यात्मकरुपमा बृद्धि हुनु भन्दा पनि गुणात्मकरुपमा बृद्धि हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले नेपालको संविधानले स्थानीय तहलाई सहकारी क्षेत्रको अनुगमन र नियमन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै हालै व्यवस्थापिका संसदबाट पारित भएको सहकारी ऐनले व्यवस्था गरे बमोजिक नै सहकारी संस्थाहरु सञ्चालन हुनुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरुलाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुन आग्रह गर्नुभयो । वडा नं. ६ का वडाध्यक्ष रामेश्वर ध्वजुले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष उत्तम सापकोटाले सहकारी संस्थाहरुले विधानको उद्देश्यले निरदृष्ट गरे अनुरुप सञ्चालन हुनुपर्नेमा जोड दिदै नयाँ व्यवस्था अनुसार सहकारी संस्थाहरु मर्जमा जानुपर्ने बताउनुभयो ।
सो अवसरमा संस्थाले संस्थाका ५० जना विभिन्न विधामा क्रियाशिल उद्यमीहरुलाई सम्मान गरिएको थियो ।
उक्त साधारण सभाले श्रीकृष्ण केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको छ । केसीको अध्यक्षतामा उपाध्यक्ष सुनिता देउँजा, सचिव विष्णु बजगाँई, कोषाध्यक्ष रुपेश सुवाल, सदस्यमा सत्यनारायण ध्वजु, लक्ष्मीसुन्दर सुवाल, निर्मला थापा, विष्णु पराजुली, टिकाराम पाण्डे चयन हुनु भएको छ । त्यस्तै लेखा समितिका संयोजकमा बालकृष्ण वाग्ले, सदस्य सुदर्शन पराजुली र टेकप्रसाद बजगाँई सर्वसम्मतरुपमा चयन हुनुभएको सर्वश्री बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सचिव विष्णु बजगाँईले जानकारी दिनुभयो