डन प्रकरण दशैंको मुखमा प्रहरीको कमाउ धन्दा

11469

भक्तपुर । दशैंको मुखमा डनका नाममा प्रहरीको कमाउन धन्दा सलवलाएको छ । शुक्रवार काठमाण्डौंमा रामेश्वर गौतम माथी भएको हमला यसको उदाहरणका रुपमा लिन सकिन्छ ।

पटक पटक फोन गरि प्रहरीले नै भेट्न वोलाउँदा पनि अटेर गर्दै आएका गौतमलाई प्रहरीले भेट्न वोलाएर कुरा नमिले पछि गोली समेत हानेको छ । यसवाट पनि प्रस्ट हुन्छ कि प्रहरी दशैं कमाउ धन्दामा सक्रिय रहेका छ ।

रामेश्वरलाई गोली हाने सँगै विभिन्न ब्यक्तिका नाम पनि जोड्दै पुलिसले सर्वसाधारणलाई धम्काउने तर्साउने कार्य गरि रहेका छन् । यसको उदाहरणका रुपमा राप्रपा तर्फवाट स्थानिय तहको निर्वाचनका उम्मेदवार प्रकाश लामिछानेको नाम मुछिनुवाट पनि पुलिसको कार्यमा खोट रहेको प्रस्ट हुन्छ । राप्रपा वाट चाँगुनारायण नगरपालिका वडा नम्वर ७ मा वडा सदस्य उठेका लामिछानेले ५८५ मत ल्याएका थिए । सामुदायिक शक्ति प्रतिष्ठान संरक्षण समितिका अध्यक्ष एवं महाजु टोल सुधार समितिका अध्यक्ष समेत रहेका लामिछानेको नाम गौतम सँग जोड्दै प्रहरीले सर्वसाधारणलाई डन वन्न बाध्य वनाउँदै आएको प्रस्ट हुन्छ ।

प्रहरीको कुनै पनि रेकडमा लामिछानेको नाम त छैन तैपनि कसरी हिजोको काण्डमा लामिछानेको नाम आयो आफै पनि भक्तपुर प्रहरी अचम्ममा रहेको एक प्रहरीले नाम नवताउने सर्तमा वताए । दशैं आएको छ सर सवका परिवारमा सोझो कमाईले केहि हुन्न यसैले यस्तो नगरे त कहाँ वाट आम्दानी हुन्छ भन्दै उनी भन्छन् यो पनि चाल हो अव लामिछाने हाम्रो सरणमा नआई सुखै छैन उनी आउँछन् डामिन्छन जान्छन् यस्तो प्रक्रिया भई रहन्छ नत्र कहाँवाट कमाउने त ।

उनी भन्छन् रामेश्वर गौतमलाई मार्ने नै भए किन खुट्टामा गोली हान्नु सिधै घैटे चरीलाई जसरी हाने भई हाल्थ्यो नी उसलाई ट्रयाकमा मात्र ल्याएको हो जसको आडमा अरु सानातिना डन भन्ने अनी पुरान यो क्रियाकलापमा रहेकालाई धम्काउन सजिलोका लागी उसलाई गोली हानेको हो ।

यसरी पुलिसले खुलेयाम रुपमा विभिन्न ब्यक्तिलाई धम्काउँदै पहिलका फाईल पल्टाउँदै डनगिरिको लाईन छोडी सकेकालाई पनि तान्दै धम्काउँदै पैसा असुल्दै आएको छ । हाल केहि डनहरु राजनितिक आडमा रहेका कारण उनीहरुलाई धक्काउन नसकेपछि कमजोर राजनितिक अवस्था भएका उक्त लाईन छोडी सकेका हरुलाई वारम्वार धम्काउने र तर्साउने कार्य भई रहेको छ । केहि राजनितिक गुण्डाको आडमा प्रहरीले चलाएको उक्त मिसनको उदेश्य नै कित हाम्रो प्यानलमा आईज नत्र चेट भन्दै धम्काउने गरेको विगतका समयमा उक्त क्रियाकलापमा सँलग्नहरु वताउँछन् ।