सुडाल । संवाहक डटकमको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा अवस्थित ठुली ब्रम्हयणी मन्दिर सफाई सम्पन्न भएको छ । नवदुर्गा ज्वल अर्थात नवदुर्गाको उत्पती स्थलका रुपमा मानिने ब्रम्हयणी मन्दिर स्थानिय वासिन्दा र नेपाल प्रहरीको सहयोगमा सफाई गरिएको हो ।
नवदुर्गा उत्पत्ती स्थलका रुपमा मानिदै आएको सुडालको साविक वडा नम्वर ३ मा अवस्थित ब्रम्हयणी मन्दिरमा नवदुर्गाको भोग दिन काठमाण्डौ उपत्यका काभ्रे लगाएतका स्थानवाट भक्तजन आउने गर्दछन् ।
ब्रम्हयणीमा सप्तमिका दिन देखि विषेश पुजा अर्चना हुने भएका कारण उक्त स्थलको सफाई संवाहकले गरेको हो । सफाईमा सहयोग गर्नुहुने नेपाल प्रहरी सुडाल , स्थानिय वसिन्दा एवं भक्तजनमा संवाहक डटकम धन्यवाद प्रकट गर्दछ ।