दुर्गाको मूर्तिलाई १० करोडको सुनको सारी

436

भव्यरूपमा मनाइने बंगालको दुर्गा महोत्सवमा यस वर्ष मूर्तिलाई १० करोड पर्ने सुनको सारी लगाइँदै छ। नवरात्रभर टोलैपिच्छे बनाइने भव्य पाण्डालहरूमध्ये कोलकाटाको सियालदहमा बनाइएको बकिमघम दरबारजस्तै आकृतिको पण्डालमा स्थापित दुर्गाको मूर्तिमा लगाइएको सारी करिब १० करोड पर्ने २२ क्यारेटको सुनको सारीलगाइएको बीबीसीले जनाएको छ ।

दुर्गाको मूर्तिलाई सजाउन २२ किलोग्राम सुनको सारी बनाउन ५० जना कारिगरले साडे दुई महिना काम गरेका थिए।