भक्तपुरमा चलिरहेको तःमुँज्या साहित्य सम्मेलन आज सकिदै

1455

भक्तपुरमा हरेक वर्ष दसैँको समयमा हुने नेपालभाषा साहित्य तःमुँज्या साहित्य सम्मेलन मंगलबार सकिदैछ । सोमबार शुरु भएको ३७ औ नेपाल भाषा साहित्य तमुज्याको मंगलबार समापन दिन सम्मेलनमा प्रस्तुत  साहित्यिक रचनालाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले पुरस्कार प्रदान गर्नु हुने तःमुँज्या गुथिले जनाएको छ ।

मंगलबार भक्तपुरका दुई जना बाजा गुरुहरुलाई सम्मान गरिने कार्यक्रम रहेको सम्मेलनका केन्द्रीय अध्यक्ष जन साहित्यकार चन्द्र बहादुर उलकले बताउनुभयो । सम्मेलनको पहिलो दिन सोमबार वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगः र वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई अभिनन्दन गरिएको थियो । यसै विच ५६ औ विराट नेपालभाषा साहित्य सम्मेलन हिजो सकिएको छ ।

सम्मेलनमा २०७३ सालको एसईईपरिक्षामा नेपाल भाषामा सबैभन्दा धेरै नम्बर ल्याएका विद्यार्थी सचिन कांरजितलाई नेपालभाषा पदक प्रदान गरिनुको साथै साहित्यकार नर्मदेश्वर प्रधानलाई विशेष अभिनन्दन गरिएको थियोे ।   हरेक वर्ष दशैको समयमा भक्तपुरमा दुईवटा साहित्य सम्मेलन हुने गर्दछन् ।