बाम एकताले देशलाई निकास नदिने :राणा

824

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का अध्यक्ष पशुपति शम्सेर राणाले बाम एकताले देशलाई निकास नदिने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उहाँले देशलाई बाम तालमेलले निकास नदिने बताउनुभएको हो ।

देश हाल नयाँ पद्दतीमा जाँदै गरेको उल्लेख गर्दै उहाँले अव देशको निकास दिने भनेको केवल प्रजातन्त्रवादी शक्ति नै हो बामपन्थी विश्ववाट नै फेल भई सकेका छन् यिनले नेपालमा त केहि गर्न नसक्ने बताउनुभयो ।

मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेशको निर्वाचन पहिला जस्तो सामान्य नभएकाले सबैले एकजुट भएर लाग्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का बरिष्ठ उपाध्यक्ष केशर बहादुर विष्ट, केन्द्रिय सदस्य रविन्द्र प्रताप शाह, जिल्ला अध्यक्ष रामशरण लामिछाने लगायतले बामपन्थीहरुको एकताले मुलुकको भलो नहुने आरोप लगाउनुभएको थियो ।