थाहा पाउनुस्, कति शक्तिशाली छ उत्तर कोरिया ?

948

कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि रिसाएको उत्तर कोरियाले यसअघिनै जापानलाई अमेरिकी सैनिक हटाउन चेनावती दिएको थियो ।

जवाफमा जापानले पहिलो आक्रमणको शुरुवात गर्न चेतावनी दिएको थियो । मंगलबारको क्षेप्यास्त्र परीक्षणपछि जापानले चिन्ता व्यक्त गरेको छ ।

उत्तर कोरियामाथि कयौ अन्तर्राष्ट्रिय प्रतिवन्धहरु लगाइएका छन् । यसका बाबजुद पनि उत्तर कोरिया आफ्नो तागत बढाउन लागि परेको छ । खास गरेर अमेरिका लागि टाउको दुखाइ बनेको उत्तर कोरिया कयौं मामलामा तागतबर भएको मानिन्छ । आखिर के के मा तागतबर छ त कोरिया ?

सैन्यबल

उत्तर कोरियासँग करिब ७ लाख सैनिक सक्रिय रहेका छन् भने उसको रिजर्भ फर्मममा करीब ४५ लाख सैनिक छन् ।

आवश्यकता परेको खण्डमा त्यहाँको प्रशासनले जनसंख्याको एक तिहाई मानिसलाई सेनामा सहभागी हुन आदेश दिन सक्छ । यस कारण उत्तर कोरियाका हरेक पुरुषलाई कुनै न कुनै सैन्य प्रशिक्षण लिनका लागि अनिवार्य गरिएको छ । उसले आवश्यक परेको खण्डमा सेनामा सहभागिता जनाउन सकोस् ।

हात–हतियार

उत्तर कोरिया धेरै शस्त्रले परिपूर्ण रहेको छ । उत्तरसँग ७० वटा पनडुबी, ४ हजार २ सय ट्यांक, ४ सय ५८ वटा फाइटर जेट रहेका छन् । यसका साथै उत्तर कोरियासँग ५ सय ७२ लडाकू विमान रहेको छ । उत्तर कोरियाका शासक किम जोङ उनले सधै आफ्नो रणनीति दक्षिण कोरिया र अमेरिकाविरुद्ध तयार रहने खालको आदेश दिने गर्दछ।

शक्तिप्रदर्शन

उत्तर कोरियाको राजधानी प्योङयाङमा प्रत्येक वर्ष एक सैन्य कमाण्डको परेड आयोजना गर्ने गरिन्छ जसमा सैनिक तथा आम जनताको उत्साहपूर्ण सहभागिता हुन्छ । उक्त परेडमा उत्तर कोरियाले सबै प्रकारका सैन्य शक्तिको प्रदर्शन गर्ने गर्दछ ।

यस वर्ष उत्तरले आफ्नो राष्ट्रिय दिवसको अवसर पारेर भव्य परेडको आयोजना गरेको थियो भने पहिलोपटक विदेशी सञ्चारमाध्यमहरुलाई पनि परेड कार्यक्रममा बोलाइएको थियो । उक्त समहारोहमा कोरियाले परेडका साथै हातहतियारको प्रदर्शन गरेको थियो । जसमा यसअघि नदेखिएका खालको हतियारहरु देखिएको जनाइएको छ ।

दवावका बाबजुद शक्ति प्रदर्शन

उत्तर कोरियाले  दबाबकोबीच पनि आफ्नो हतियार र शक्तिलाई प्रदर्शन गर्दै आएको छ । उसको यस्तो क्रियाकलापले विश्वका सबै शक्ति राष्ट्रहरुले विरोध गर्दै आएका छन् । उत्तर कोरियाले थुप्रै ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु परीक्षण गरिसकेका छन् । उत्तर कोरियाले सबै परीक्षणहरु रकेटकै माध्यमबाट गरिरहेका छ ।

शक्तिशाली राष्ट्रसँग शत्रुता

उत्तर कोरियाको शत्रुता विश्वकै शक्तिशाली देश अमेरिकासँग रहेको छ । उत्तरले आफू विरुद्ध अमेरिकाले योजना बनाउने गरेको भन्दै अमेरिकालाई निशाना बनाउने कोशिश गर्ने गरेको छ ।

उत्तर कोरिया तथा अमेरिका दुवै एक दोस्रोका कट्टर दुश्मन मान्दै आएका छन् र एक दोस्रोका विरुद्ध बेलाबेलामा संयमता गुमाउने गरेका छन् ।

जहाँ अमेरिकाले आफ्नो कार्ल विल्सन विमान बाहक पोतलाई कोरियाई प्रायद्वीपमा छोड्यो र यसको उत्तरले अमेरिकाविरुद्ध हवाई आक्रमण गर्न आफूहरु तयार रहेको बताएका छन् ।

जासूस संस्थाहरुका अनुसार पछिल्ला दुई वर्षको समय अवधिमा उत्तरले अमेरिकामाथि आक्रमण गर्ने शक्ति हासिल गरेको हो ।