लम्वोदरविरुद्ध नेकका कर्मचारी आन्दोलित

455

काठमाडौं । नेपाल इन्जिनियरिंक कलेज चाँंगुनारायण भक्तपुरका कर्मचारीहरुले आन्दोलन थालेका छन् । भक्तपुुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसमक्ष ज्ञापनपत्र बुझाई कर्मचारीहरुले आन्दोलन थालेका हुन् ।

नेपाल इन्जिनियरिंग कलेज कर्मचारी तदर्थ समितिका संयोजक मनोहर खनालले कलेजमा विगत केही समयदेखि भएको विषम परिस्थितिकाबारेमा कलेज सञ्चालनका व्यवस्थापकहरुलाई पटकपटक आग्रह गरेको तर आग्रहलाई वेवास्ता गरी आफनै मनोमानी ढंगमा कलेज सञ्चालन गर्न खोजेकोले आन्दोलनमा उत्रन बाध्य भएको जनाए ।

तत्कालिन कलेजका कार्यकारी अध्यक्ष लम्वोदर न्यापानेले सामाजिक संस्था ऐन अन्तर्गत दर्ता भई गैरनाफामुलक रुपमा सञ्चालनमा रहेको कलेजलाई निजीकरण गरी पैसा खान खोजेपछि कलेजको सञ्चालन अस्तव्यस्त रहँंदै आएको छ । लम्वोदरले विद्यार्थीसँंग वार्षिक लाखौं रुपैयाँं उठाएर कलेजमा भौतिक पूर्वधारमा खर्च नगरी पछिल्लो चार वर्षमा पचासौं करोड भ्रष्टाचार गरेकोले कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

उनले कलेजको पैसा सोहरेर आफनो व्यक्तिगत खातामा विदेश पठाएको फेला परेपछि विद्यार्थी थप आन्दोलित हुँंदै आएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई कर्मचारीले बुझाएको ज्ञापनपत्रमा पाँंच वटा मागहरु उल्लेख छन् । कलेजलाई निजीकरण नगरी सामाजिक संस्था अन्तर्गत नै राखी गैरनाफामुलक रुपमा सञ्चालन गर्नुपर्ने, यशास्थितिमा सञ्चालन गर्न आवश्यक शिक्षक बाहेक अन्य कुनै नयाँं नियुक्ति कलेजको वातावरण सहज नभएसम् मगर्न नपाइने उल्लेख छ ।

साथै कलेजका कार्यकारी अध्यक्ष, प्राचार्य, व्यवस्थापकीय सह प्राचार्य विभिन्न बाहानामा कलेजमा उपस्थित नभएकोले उनीहरु समस्या समाधानका लागि उपस्थित हुनुपर्नेलगायतका उल्लेख छन् ।